१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात



काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठूलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।

भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ५ महिना (साउन-मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ ।

आव २०७७/७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको देखिन्छ ।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ६ : १२ बजे