६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

फिफाद्वारा श्रीलंका प्रतिबन्धित



काठमाडौँ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आइतबार श्रीलंकालाई प्रतिबन्ध लगाएको छ । फिफा काउन्सिलको शनिबार बसेको बैठकले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै जनवरी २१ बाट लागू हुने गरेर प्रतिबन्ध लगाएको बताएको छ ।

अर्को निर्णय नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहनेछ । यसक्रममा श्रीलंका र त्यसको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन ।

यस्तै फिफा र एसियाली फुटबल महासंघ (एएफपी) ले गर्नु कुनै पनि विकास र प्रशिक्षणका कार्यक्रममा श्रीलंकाको सहभागिता हुने छैन । फिफाको यस निर्णयसँगै असारमा हुने साफ च्याम्पियनसिपमा श्रीलंकाको सहभागिता अन्योलग्रस्त भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ६ : २१ बजे