६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

यस्तो छ आजको मौसम



काठमाडौं ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।

यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने अनुमान भने गरिएको छैन ।

बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ७ : ५० बजे