१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन एकीकृत समाजवादीको निर्देशन



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन दिएको छ ।

मंगलबार पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यस्तै एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । मंगलबार दिउँसो गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ७ : ०६ बजे