१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी



दाङ ।
दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय मोहमद सलमान रहेका प्रहरीले जनाएको छ ।

लमही नगरपालिका–९ जलकुम्भीबाट उनी पक्राउ परेका हुन् ।

राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाइ एक तोला सुनको गरगहना र नगद ठगी गरेको दाङ प्रहरीले जनाएको छ ।

पीडितका आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई पक्राउ गरेको हो । उनीसँग आएका अरु दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ८ : १४ बजे