१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माघ २१ मा



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक माघ २१ र २२ गते बस्ने सो दलले जनाएको छ । दलका महासचिव डा. बेदुराम भुषालका अनुसार विकसित राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुनेछ ।

सो दलले बैठकको कार्यसूची पनि सार्वजनिक गरेको छ । दुई दिनसम्म चल्ने सो बैठकमा राजनीतिक तथा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक प्रस्तावका विषयमा छलफल हुने डा. भुषालले बताए ।

बैठकमा पार्टीको आन्तरिक जीवनलाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने उनले बताए ।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ७ : १५ बजे