३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने होः माओवादी केन्द्र



काठमाडौं ।
नेकपा (माओेवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गनुपर्ने आवाज उठेको बताए ।

माओवादीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नै राष्ट्रपति एमालेलाई दिने निर्णय भएको बताइन्छ । महराले राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बताए ।

“राट्रिय सहमतिको पहल गर्ने हो । यो पहल हामीले मात्रै गरेर भएन,” उनले भने, “एमालेसहितको सहमति हो । एमालेलाई धोका दिएको भन्न मिल्दैन ।”

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  ५ : १५ बजे