११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

जलेर घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गयो



पोखरा ।
पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज सोमवार ज्यान गएको छ ।

पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९ सोमबार ००:००  ४ : ०४ बजे