१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

छिटोछिटो पिसाब लाग्ने समस्या छ ? यो रोगको लक्षण हुनसक्छ



काठमाडौं ।
छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

दही

दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

तिल

कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

मह र तुलसी

एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

कुलथी

अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

अनार

अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

मेथी

मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

एजेन्सी

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ७ : ५० बजे