५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा खेलकुदको उत्सव सुरु भएको छ । नगर भित्रका विद्यालय बीच माघ २८ गतेसम्म चल्ने खेलकुद महोत्सवको बुधबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो।

विभिन्न विधामा खेल हुने शिवराज खेलकुद महोत्सव जिल्लामै विशिष्ट छ । खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विधाका खेलहरु समावेश गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले जानकारी दिए ।

खेलमा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा अध्यक्ष सन्तोष चौधरीले बताए । राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड, हाइजम्प, लङजम्प, मेयर कप तर्फ पुरुष फुटवल, भलिवल, क्रिकेट र व्याडमिण्टन तथा उप-मेयर कप तर्फ महिला फुटवल, भलिवल, क्रिकेट र कराते प्रतियोगीता समावेश गरिएको छ ।

करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।

नगर प्रमुख अजय थापाले नगरलाई खेलकुदको क्षेत्रमा पनि अब्बल बनाइने बताए । खेलले राष्ट्रलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै स्थानीयस्तर देखि नै राम्रा खेलाडी उत्पादन गर्न यो प्रतियोगीता आयोजना गरिएको मेयर थापाले बताए ।

प्रतियोगीता उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सांसद अर्जुन केसी, विभिन्न दलका नेता, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको नगरका शिक्ष, युवा तथा खेलकुद शाखाका प्रमुख पूर्ण विश्वकर्माले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ६ : ३८ बजे