८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



काठमाडौं ।

रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता पोशराज पोखरेलले जानकारी दिए ।

जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद र ८ लाख १९ हजार जरिवाना सुनाएको थियो । कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको खुलेको थियो ।

उनलाई दिउँसो साढे २ बजे बाँकेबाट पक्राउ गरी कैलाली लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ३ : २५ बजे