१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यू–१९ क्रिकेट टिमले पोखरामा प्रशिक्षण गर्ने



काठमाडौं ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण तथा आउँदै गरेको त्रिकोणात्मक सिरिजका कारण त्रिवि मैदान उपलब्ध नहुने भएपछि यू–१९ टिम प्रशिक्षणका लागि पोखरा प्रस्थान गरेको छ ।

राष्ट्रिय सिनियर टिमको प्रशिक्षण र प्रतियोगितालाई ध्यानमा राखि यू–१९ प्रशिक्षण प्रभावित नहोस् भनेर पोखरामा अभ्यास गर्न लागेको टिमका प्रशिक्षक जगत टमटाले जानकारी दिए । १० देखि १२ दिनका लागि टिमले पोखरा क्रिकेट मैदानमा प्रशिक्षण गर्ने उनले बताए ।

यू–१९ क्रिकेट टिमले आईसीसी एसियन क्वालिफायर्सको तयारी गरिरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँगको त्रिकोणात्मक शृंखलाका लागि सिनियर टिमले त्रिवि मैदानमा अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७९ शुक्रबार ००:००  १ : ०५ बजे