१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

क्यान्सरबाट बच्ने उपाय



काठमाडौं ।
शरीरको जुनसुकै भागमा कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुनु क्यान्सर हो । यस खालका कोषले शरीरलाई प्रतिकूल असर पार्छ। क्यान्सरले आफू नजिकका तन्तुलाई असर पार्छ । शरीरको अन्य अंगमा पनि असर गर्छ। समयमै निदान गरी उपचार गरे यो रोग निको हुन्छ ।

लक्षणहरू

निल्न गाह्रो हुने

खोकी लाग्ने

स्वरमा बदलाव आउने

छाती दुख्ने

खकारमा रगत देखा पर्ने

घाउ खटिरा लामो समयसम्म निको नहुने

पाठेघरबाट पानी बग्ने

महिनावारी गडबड हुने

योनिबाट रगत बग्ने

तल्लो पेट दुख्ने

विनाकारण नाक मुखबाट रगत बग्ने

वजन घट्दै जाने

उपचार विधि

शल्यक्रिया

क्यान्सर लागेको भागलाई निकाल्ने विधि नै शल्यक्रिया विधि हो।

केमोथेरापी

कोषनाशक औषधिको प्रयोगद्वारा गरिने उपचार विधि नै केमोथेरापी हो।

रेडियोथेरापी

विकिरण भएको मेसिनद्वारा क्यान्सर कोषिका सेकेर उपचार गर्ने विधि हो।

हर्मोनथेरापी

विभिन्न हर्मोनको प्रयोगद्वारा उपचार गर्ने विधि नै हर्मोनथेरापी हो।

इम्युनोथेरापी

क्यान्सर रोग रोक्ने क्षमता वृद्धि गर्ने उपचार विधि नै इम्युनोथेरापी भनिन्छ।

क्यान्सर निदानका तरिका

बिरामीको जाँच

रगत परीक्षण

तन्तु तथा कोषको जाँच (बायोप्सी) गरेर

इन्डोस्कोपी गरेर

एक्सरे, अल्ट्रासाउन्ड, सिटिस्क्यान, एमआरआईको परीक्षण गरेर

क्यान्सरबाट जोगिने उपाय

चुरोट, बिंडी, खैनी, तमाखु, गुट्खा सेवन नगर्ने

सडेगलेका, ढुसी परेका, अखाद्य रंग मिसिएका पदार्थ नखाने

पोलेको मासु नखाने

जाँड, रक्सी सेवन नगर्ने

नियमित व्यायाम गर्ने

स्वच्छ, हरियो सागपात, फलफूल तथा पौष्टिक पदार्थ सेवन गर्ने

नियमित स्वास्थ्य परीक्षण गर्ने

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ६ : ३५ बजे