१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्योग



दाङ ।
दाङका दुई सिमेन्ट उद्योगले लामो समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले विद्युत् महसुल नै नबुझाई उद्योग चलाइरहेका छन् ।

घोराही सिमेन्ट उद्योगले १९ महिनाको १ अर्ब २८ करोड ६८ लाख १२ हजार ६१३ रुपैयाँ ५२ पैसा विद्युत् महसुल तिर्न बाँकी छ । यस्तै सोनापुर सिमेन्ट उद्योगले २४ महिनाको ७१ करोड ५७ लाख ६३ हजार ९५३ रुपैयाँ ४५ पैसा तिर्न बाँकी रहेको छ ।

विद्युत् महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले पटक पटक ताकेता नगरेको पनि होइन । तर उद्योगहरूले त्यसलाई बेवास्ता गरिरहेका छन् । यी दुई सिमेन्ट उद्योग प्रतिनिधि पात्र मात्रै हुन् । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका अनुसार साना–ठूला उद्योगहरूबाट २ अर्ब १४ करोड, ४८ लाख ४५ हजार ३ सय ७५ रुपैयाँ ९९ पैसा विद्युत् महसुल उठाउन बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गोइवारका अनुसार बक्यौता बाँकी रहेका उद्योग र उपभोक्ताहरूलाई लगातार पत्राचार गर्दासम्म पनि तिर्न आएका छैनन् । उपभोक्ताले विद्युत् महसुल नतिर्दा प्राधिकरणले आर्थिक व्यय भार खेप्नु परिरहेको उहाँको भनाइ छ ।

सामान्य उपभोक्ताको हकमा विद्युत् महसुल समयमा नतिरे विद्युत् वितरण केन्द्रले विद्युत् सेवा बन्द गरिदिन्छ । तर यता सिमेन्ट उद्योग भने तिर्नुपर्ने महसुल नै नबुझाई उद्योग सञ्चालन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  १ : २८ बजे