६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

माओवादीले दुई महिने अभियान चलाउने



काठमाडौं ।
नेकपा माअ‍ोवादी केन्द्रले पार्टी संगठन सुदृढिकरणका लागि अभियान थाल्ने भएको छ ।

नेता देवेन्द्र पौडेलले दुई महिने अभियान सञ्चालन गरी संगठन सुढृढिकरणको अभियानमा पार्टीपंक्ति लाग्ने निर्णय शनिबारको बैठकले गरेको बताए ।

उनले भने, ‘आजको बैठकमा पार्टी संगनठबारे छलफल भयो । २ महिनामा अभियानमा जाने निर्णय भएको छ । पार्टीका नेता कार्यकर्ता मात्रै होइन सबैलाई भेट्ने अभियान चलाउने । त्यसको रिपोर्ट केन्द्री समितिमा पेश गरेर नयाँ योजना बनाउने तयारी छ ।’

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएर थप कार्ययोजना बनाइने उनले बताए ।

अभियान अन्तरगत चुनाव समीक्षासँगै चुनावमा भएका घात अन्तरघातका बारेमा सबै तहमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

सबै तहका कमिटीहरु अभियानमा परिचालन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ६ : १२ बजे