१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीमा ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु



रुपन्देही ।

रुपन्देहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका २ भगदरीमा ना ६ ख ६७६६ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका ७ कनरी बस्ने ५५ वर्षीय फुलचन्द्र गुप्ताको शनिबार राति मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकलाई नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : २२ माघ २०७९ आइतबार ००:००  २ : १२ बजे