४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

प्रधानमन्त्री भन्छन्ः सत्तारूढ दल बीचको एकतालाई बचाउन लागेको छु



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरू बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भनेर लागेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै साझेदारबीचको एकतालाई बचाउनुपर्छ भनेर लागेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने र समर्थन गर्ने निर्णय गरेको छ।

‘यसलाई हल गर्नेतिर नै लाग्छु। अब मेरो कोशिश त थियो राष्ट्रिय सहमति नै गरौं भनिरहेको छु भने सत्ता साझेदारहरू बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने नै हो मेरो,’ उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरूलाई पक्कै पनि असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छौं।’

उनले राष्‍ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय आफूले पनि थाहा पाएको बताए।

‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनें, मैले बिहानसम्म भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन, मैले मन्त्री बाहिर निस्किने कुरातिर छलफल भइराखेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं।’

प्रकाशित मिति : २२ माघ २०७९ आइतबार ००:००  ६ : १९ बजे