१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित



काठमाण्डौ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सोमवार आज बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक आजै बस्दैछ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  १२ : ५५ बजे