१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले जित्छ : शेखर कोइराला



काठमाडौं ।

कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन अधिवेशनको मंगलबार सौराहामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूले जित्ने दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ’, उनले भने ।

निर्वाचनमा कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति नजित्ने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने बताए।

प्रकाशित मिति : २४ माघ २०७९ मंगलबार ००:००  १ : ४४ बजे