१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

नेपाली चिया आयात गर्नेबारे पाकिस्तानको चासो



काठमाण्डौ ।

पाकिस्तानले नेपाली चिया आयात गर्नेबारेमा चासो देखाएको छ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान चिया संघ (पीटीए) का अध्यक्ष एचएम जिशान पराचा र संघका अध्य पदाधिकारीलाई बुधबार कराँचीमा भेट्दै नेपालको चिया पाकिस्तान आयात गर्ने विषयमा छलफल भएको हो।

भेटमा नेपालबाट पाकिस्तानमा चिया निकासीको सम्भावनाबारे छलफल भएको अधिकारीले जानकारी दिए। उनले नेपालको चिया उत्पादन सुविधा, गुणस्तर नियन्त्रण र अर्डर वितरण प्रणालीको स्टक लिन पीटीएका पदाधिकारीहरू नेपाल भ्रमणमा जान सहमत भएका जानकारी दिए।

पीटीए प्रतिनिधिमण्डलको नेपाल भ्रमणमा दूतावासले पूर्ण सहयोग गर्ने अधिकारीले बताए।राजदुत अधिकारीका अनुसार पाकिस्तान नेपाली चिया निर्यातको राम्रो सम्भावना भएको मुलुक हो। राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गर्दै द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउन उच्च तहको भेटवार्तालाई तिब्र पारेका छन्।

द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफूले पहल गर्ने अधिकारीले बताए।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  १ : १८ बजे