१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

बुटवल–बर्दघाट प्रसारण लाइन आजदेखि दैनिक चार घण्टा बन्द



काठमाण्डौ ।

बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना निकालेर आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् प्रसारण बन्द हुने जनाएको हो।

नवलपरासी पश्चिमको सुनवल नगरपालिकमा टावर निर्माणको काम गर्नको लागि विद्युत् बन्द गर्न लागेको सूचनामा उल्लेख छ। प्रसारण लाइन बन्द हुँदा सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सञ्चालित औद्योगिक तथा अरु ग्राहकहरुमा पनि विद्युत् सेवा बन्द हुनसक्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २६ माघ २०७९ बिहिबार ००:००  ३ : २८ बजे