७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निमावि तहमा एक हजार ५६ शिक्षकको माग



काठमाडौं ।

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।

आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणितरविज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०७९ शुक्रबार ००:००  १२ : ४४ बजे