१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भीमकान्त भट्टराई बाणगंगा बैंकर्स क्लबको नेतृत्वमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा बैंकर्स क्लबको अध्यक्षमा सिटिजन्स बैंक इन्टरनेशल पिपरा शाखाका शाखा प्रमुख भीमकान्त भट्टराई चयन भएका छन् । बाणगंगा बैंकर्स क्लबको अधिवेशन मार्फत भट्टराईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

बाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूले करिब तीन वर्ष अगाडी बैंकर्स क्लबको गठन गरेका थिए ।

त्यस्तै बैंकर्स क्लबको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक बनगाई शाखाका शाखा प्रमुख मनोज शर्मा र एनआइसी एसीया बैंक जितपुर शाखाका शाखा प्रमुख तारानाथ भूसाल चयन भएका छन् भने नेपाल इनभेष्टमेन्ट मेगा बैंक जितपुर शाखाका शाखा प्रमुख राजेन्द्र शर्मालाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

कोषाध्यक्षको जिम्मेवारी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक जितपुरका प्रमुख माधव घिमिरेलाई प्रदान गरिएको छ । बाणगंगा नगरपालिका भित्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू बैंकर्स क्लबको सदस्य रहने प्रावधान छ ।

बाणगंगा बैंकर्स क्लबले बैंकर्सको पेशागत हकहितका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले जनाए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : २३ बजे