१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महिला टी–२० विश्व कपः अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हरायो



एजेन्सी ।
दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो ।

जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । श्रीलङ्काकी हर्षिता माधवीले सर्वाधिक ३४ रन बनाइन्।

समूह ‘ए’ मा अस्ट्रेलिया ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०० बजे