१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खारखानीमा कमला गैरेलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा मोटरसाइकलबाट एक वृद्धाको ज्यान लिएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पूर्व पश्चिम महेन्द्र राजमार्गस्थित जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ खारखानीमा फाल्गुण १ गतेका दिन कमला गैरेलाई ठक्कर दिएर फरार भएका बिन बहादुर सुनार पक्राउ परेका हुन् ।

बुद्धभूमि नगरपालिका वडा नं. २ बुड्ढी निवासी सुनारले लु ८८ प ६९९१ नम्बरको पल्सर मोटरसाइकलबाट ५९ बर्षीया गैरेलाई ठक्कर दिएका थिए ।

मोटसाइकलको ठक्करबाट बाणगंगा- ८ बोडगाउँकी गैरेको ज्यान गएको थियो ।

दिउँसोको समयमा सवारीले ठक्कर दिए पनि कस्ले दुर्घटना गरायो पत्ता लाग्न सकेको थिएन् ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेले विभिन्न अनुसन्धान मार्फत एक हप्ता भित्रै ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई पक्राउ गर्न सफल भएको हो ।

प्राप्त सिसिटभीको सहायताले झण्डै ५० मोटरसाइकलको अनुसन्धान पछि दुर्घटना गराउने चालक र मोटरसाइकललाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शसी शर्माले बताए ।

गहिरो अनुसन्धानबाट ठक्कर दिने सवारी र चालकको पत्ता लागेको र थप कानुनी उपचारका लागि प्रक्रिया थालिएको शर्माले मायादेवी अनलाइनलाई जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ४ : ३८ बजे