२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023

उद्योग व्यापार संघले १४ औँ कपिलवस्तु महोत्सव लगाउन आवश्यक संवाद गर्ने



मायादेवी अनलाइन, बाणगंगा ।
उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष खिमानन्द पौडेलले आगामी एक वर्ष भित्रसंस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गरेका थिए ।

निकै महत्वका साथ हेरिएको आगामी कपिलवस्तु महोत्सव आयोजनाको सम्बन्धमा पनि बैठकमा छलफल गरिएको छ ।
महोत्सवलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको निष्कर्षसहित जिल्लाको पहिचान दिने गरी सम्पूर्ण आवश्यक तयारी गर्न टोपनारायण बेल्बासे, हुमनाथ पौडेल र माधव भाट क्षेत्री रहेको कोर टिम समेत गठन गरिएको छ ।

त्यसैगरी बार्षिक कार्ययोजनामा आधारित रही वार्षिक क्यालेन्डर तयार गर्न वरिष्ठ उपाध्यक्ष यम बहादुर केसीको संयोजकत्वमा ९ सदस्यिय कार्यक्रम उपसमिति गठन गरिएको छ ।

आगामी बैठकमा विषय बिज्ञहरुलाई समेटेर विषयगत उपसमिति समेत गठन गरी संस्थालाई थप ससक्त बनाउने निर्णय गरिएको छ ।

बैठकमा उद्योग व्यापार संघ कपिलवस्तुका सदस्य धर्म बहादुर आलेको गत माघ २९ गते भऐको अकल्पनीय दुखद निधन प्रती शोक प्रस्ताव पारित गर्दै दिवङ्गत धर्म आलेको घरमा शोकसभासहित श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ७ : १८ बजे