१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दधि-स्मृतिको आयोजनामा कवि गोष्ठी हुँदै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा कवि गोष्ठी आयोजना हुने भएको छ । दधि–स्मृति साहित्य समाज कपिलवस्तुले मंगलबार कवि गोष्ठी कार्यक्रम आयोजना गर्न थालेको हो ।

समाजले गोष्ठीको पूर्वसन्ध्यामा सोमबार साहित्यक अवलोकन भ्रमण राखेको छ । जसमा कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा साहित्य क्षेत्रहरुमा गर्ने र काव्य सन्ध्याको आयोजना होटल माछापुच्छ्रेमा गर्ने समाजका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

मंगलबारको कवि गोष्ठी, रचना वाचन, श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम होटल माछापुच्छ्रेको हलमा बिहान १० बजे आयोजना गरिएको छ । उक्त कार्यक्रममा देशभरका आधा दर्जन बढी वरिष्ठ साहित्यकारहरुलाई सम्मान गरिने छ ।

कार्यक्रममा देशभरबाट सयौ साहित्यकारहरुको उपस्थिति रहने समाजका अध्यक्ष सचिव सुशील अर्यालले जनाए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ३३ बजे