७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राष्ट्रपतिको चर्चाः माधव नेपाल भन्छन्- टुंगोमा पुग्नु अर्कै कुरा हो



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति निर्वाचनमा सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा प्रचण्डसँग भएको भेटपछि उनले राष्ट्रपतिमा आफ्नै नाम उपर भएको चर्चाबारेको प्रश्नलाई इन्कार गरेनन् ।

राष्ट्रपतिमा आफ्नो नामबारे भएको चर्चाबारे उनले भने, ‘नाम चर्चामा ल्याउनु एउटा कुरा हो । अन्तिम टुंगोमा पुग्नु अर्को कुरा हो । चर्चामा धेरैका कुराहरु छन् ।’

भेटमा अन्य राजनीतिक विषयमा समेत छलफल भएको उनले सुनाए । ‘हाम्रो बीचको सम्बन्ध बलियो होस् । असमझदारी केही नहोस् । लामो यात्रामा जाऔं भन्ने कुरा भयो’ प्रचण्डसँगको भेटबारे नेता नेपालले भने ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ७ : २४ बजे