१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

छोराको स्विकारः श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि बुवाको हत्या गरे



कपिलवस्तु ।
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० बर्षीय मग्निराम पासीले आफ्नै बुवा ६४ बर्षीय मगरे पासीको हत्या गरेका हुन् ।

मङ्गलबार बिहान ११ बजे तिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखे पछि आक्रोशित मनिरामले बुवाको हत्या गरेका थिए । हत्या पछि मनिरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएका थिए । घटनाबारे थाहा पाए पछि प्रहरी पुग्दा बुधवार बिहान पासी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परका थिए ।

घटना शङ्कास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्न मृतकको छोरा बर्ष ३० का मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजंग शाहीले बताए ।

प्रमुख शाहीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई मनीरामले नग्न अवस्थामा देखेका थिए । त्यस पछि बाबुको हत्या गरेको र सोही दिन राति ११ बजे डोरीमा बाँधी झुण्ड्याएका थिए ।

बुधवार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक सबुद प्रमाणहरू बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ५४ बजे