१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा एमालेको ‘मिसन ग्रासरुट’ अभियानको शुभारम्भ



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रियताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको विकास, मुलुकको शुसासनको प्रत्याभूति दिने काममा नेकपा एमालेको निरन्तर अगुवाई रहेको दाबी गर्नुभएको छ ।

विगत ४० वर्षको इतिहासमा एमालेले जनपक्षिय कार्यको अगुवाई गरेको तर्क गर्दै एमालेलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु कमजोर बनाउन लागिपरेको दाबी गर्नु भयो ।

नेता भट्टराईले बैचारिक र राजनैतिक रुपमा सिंगो पार्टी पक्तिलाई स्पष्ट पार्ने काममा दुई महिने मिसन ग्रासरुट अभियान सार्थक हुने जिकिर गर्नुभयो । युवा नेता भट्टराईले पार्टी भित्र रहेका फरक, फरक सिफाई, अनुभवबाट एकीकृत शक्तिको रुपमा पार्टीलाई विकास गर्न सफल रहने विश्वास ब्यक्त गर्नु भयो । नेकपा (एमाले) कपिलवस्तुले आयोजना गरेको मिसन ग्रासरुट अभियान अन्तरर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै डा. राजन भट्टराईलेले यस्तो धारणा राख्नु भएको हो ।

एमालेका केन्द्रिय पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले जनप्रतिनिधी जनताका आधारभूत समस्या समाधानका निम्ति गम्भीरता पूर्वक लाग्न आग्रह गर्नु भयो । नेता न्यौपानेले व्यक्तिगत मोह त्यागेर जनताको अवस्था फेर्न जनप्रतिनिधी लाग्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रिय सदस्य भूमिश्वर ढकालले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट लिएको एकै संदस्यताको नीति समय सापेक्ष सान्दरभिक रहेको चर्चा गर्नु भयो । नेता ढकालले कम्युनिष्ट पार्टीको सदस्यता मामुलि विषय नभएको बताउर्दै पार्टी अनुशासन पालनामा जोड दिनु भयो ।

अर्का केन्द्रिय सदस्य मेनका पोख्रेलले प्रभावकारी जनसंगठन निर्माण र परिचालनबाट मात्र मिसन ग्रासरुट सफल हुने तर्क गर्नु भयो ।

अर्का केन्द्रिय सदस्य सिता न्यौपानेले नेपालको कम्युनिष्ट आन्द्रोलनमा महिलाहरुको भूमिका उदाहरणिय रहेको चर्चा गर्नु भयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य मोहमद हारुन हलवाईले नेकपा ९एामले०ले पहिलो पटक मदरसा वोर्ड गठन गरेर मुस्लिम समुदाय प्रति गम्भीर रहेको पुष्टी गरेको स्पष्ट पार्नु भयो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य पशुपति दयाल मिश्राले समाजवादको आधार तयार पार्न मिसन ग्रासरुट सार्थक हुने विश्वास व्यक्त गर्नु भयो । नेता मिश्राले नव प्रवेशीहरुलाई पनि उचित जिम्मेवारी प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । नेता मिश्राले युवा पुस्तालाई संस्कारयुक्त राजनीतिमा भूमिका दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य साजदा सिद्धिकीले नेपाल र नेपाली जनताको हकहितका निम्ति सिंगो पार्टी पक्ति निस्वार्थ अहोरात्र खटिनु पर्ने बताउनु भयो । नेता सिद्धिकिले २ महिने अभियान जनतासंगै ब्यतित गर्ने स्पष्ट पार्नु भयो । उहाँले आफू एक मात्र नेकपा एमालेको पहिलो मुस्लिम महिला केन्द्रिय सदस्य भएकोमा गर्भ लागेको बताउनु भयो ।

कार्यक्रममा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले मिसन ग्रासरुट अभियानको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । अभियान अन्तरर्गत फाल्गुण १५ गते भित्र पालिका स्तरमा मिसन ग्रासरुट अभियानको अभिमुखीकरण सम्पन्न गर्ने र फाल्गुण १५ पछि वडा, टोल स्तरमा अभिमुखीकरण संचालन गर्ने २०८० साल वैशाख ९ गते अभियानको समापन गरिने छ

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  १० : ०७ बजे