१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल शिक्षक संघ बाणगंगाको सभापतिमा भण्डारी



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल शिक्षक संघ बाणगंगा नगर समितिको सभापतिमा रामप्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।

विभिन्न वार्ता र छलफलका बीच शनिबार भण्डारीको नेतृत्वमा सहमति जुटेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

संघको महिला उपाध्यक्षमा मीना चौधरी, उपाध्यक्षमा कृष्ण प्रसाद खनाल, उपाध्यक्षमा झविन्द्र प्रसाद न्यौपाने, सचिवमा माधव घिमिरे, अर्थ सचिवमा विनोद पुन, सह-सचिवमा जस प्रसाद पाण्डे, विष्णु प्रसाद बेल्वासे, अर्थ सह-सचिवमा अजित शर्मा, महिला सह-सचिवमा कृष्णा टण्डन, समावेशी सह-सचिवमा सविता विश्वकर्मा, लक्ष्मी जिसी सर्वसम्मत चयन भएका छन् ।

सभापतिमा निर्वाचित भण्डारी पूर्व नगर सचिव हुन् । बाणगंगा मावि गजेहडाका प्रधानाध्यापक रहेका भण्डारी संघको नगर नेतृत्वमा आएका हुन् ।

यसभन्दा अगाडि संघको बाणगंगा नगर समितिको सभापतिमा कुलराज पौडेल थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ५ : ४५ बजे