४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

उपमेयरको नेतृत्वमा चन्द्रौटा हाट बजारको अनुगमन



दिपक खड्का चन्द्रौटा, चन्द्रौटा ।
विश्व उपभोक्ता दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटा हाट बजार अनुगमन गरिएको छ ।

भेटनरी अस्पताल पशु विज्ञ केन्द्रको आयोजनामा शिवराज नगरपालिकाकी उप-मेयर शिवकुमारी थारुको नेतृत्वमा चन्द्रौटा हाट बजारमा रहेका माछा तथा मासु पसलमा अनुगमन गरिएको भेटनरी अस्पताल पशु विज्ञ केन्द्र तौलिहवाका प्रमुख विष्णु प्रसाद खनालले जानकारी दिए ।

अनुगमन टोलीले सरसफाइको अवस्था, प्रयोग गरिएका ढकहरुको प्रमाणीकरण, नापतौल प्रमाणपत्र, नापतौल सामग्रीको अवस्था, माछा खरिद गरिएका बिल, मासु विक्रि गर्न राखिएको स्थलको समेत जानकारी लिएको छ ।

आज पहिलो पटकलाई चेतावनी दिइएको अर्को पटक अटेरी गरे कारबाही गरिने इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत विश्वकर्माले बताए ।

टोलीले दश वटा माछा पसल पाँच वटा बंगुरको मासु पसलमा अनुगमन गरेको थियो ।

एक दर्जन बढी पसलमा अनुगमन गर्दा सबै पसलमा मापदण्ड विपरित पसल संचालन गरी रहेको इलाका प्रशासनका प्रमुख हिमाल विश्वकर्माले बताए ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग तौलिहवा, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु, इलाका प्रशासन कार्यालय चन्द्रौटा, वडा प्रहरी कार्यालय चन्द्रौटा र शिवराज नगरपालिकाको संलग्नता रहेको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता अन्तर्गत १९ वटा उल्लेख गरेको छ ।

सोही अनुसार बजार अनुगमन गरिएको शिवराज नगरपालिका उप-मेयर शिव कुमारी चौधरीको बताइन् ।

प्रकाशित मिति : १ चैत्र २०७९ बुधबार ००:००  ९ : ५७ बजे