६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुमा एक हजारको नक्कली नोट फेला



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको तौलिहवास्थित एभरेष्ट बैंक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ ।

बुधवार बैंकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो । बैंकका मेनेजर शंकर घिमिरेले बैंकका एक ग्राहकले पैसा जम्मा गर्नेक्रममा नोटको गड्डीबाट सो नक्कली नोट फेला परेको बताए ।

पैसा जम्मा गर्ने क्रममा नोट गन्ने डिटेक्टर मेशिनले सो नोट नक्कली रहेको देखाएको थियो। बैंकले पैसा जम्मा गर्न आउने ग्राहकको नाम भने गोप्य राखेको छ ।

फेला परेको नक्कली नोट भने बैंकले जफत गरेको छ । सो नोटको सट्टा बैंकले ग्राहकसंग अर्को नोट मागेर जम्मा गरेको थियो ।

बैंकका मेनेजर घिमिरेले नक्कली नोट देखि सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९ बिहिबार ००:००  ७ : ०९ बजे