१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुको तीन हजार हेक्टर वन डढेलोले सखाप



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको तीन हजार हेक्टर वन क्षेत्र डेढेलोले सखाप पारेको छ । चैत्र र बैशाख महिनामा गरि जिल्लाको तीन हजार वन क्षेत्रमा डढेलो लागेको हो ।

डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल प्रमुख विजयराज सुबेदीका अनुसार जिल्लामा तीन हजार बढी वन क्षेत्रमा यस बर्ष डढेलो लागेको छ ।

जिल्लामा गएका दुई बर्ष आगो नियन्त्रण हुँदै आएको भएपनि यो बर्ष आगो नियन्त्रण गर्न नसकिएको सुबेदीले बताए ।

‘गएको दुई बर्षमा आगलागी नियन्त्रणमै रहेको देखिन्छ । गत बर्ष जम्मा तीन सय हेक्टरमा मात्र आगलागी भएको थियो, कार्यालय प्रमुख सुबेदीले मायादेवीसंग भने’, यो बर्ष वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन सकिएन् ।’

दुई बर्ष यता वन क्षेत्रमा आगलागी नियन्त्रणमा रहनु, यो बर्ष पानी कम पर्दा वन क्षेत्रमा आगो लागेको वनका कर्मचारी बताउँछन् ।

जिल्लामा यो बर्ष सबैभन्दा बढी डढेलो तिलौराकोट साझेदारी वनको उत्तरी क्षेत्रमा लागेको छ । त्रिशुली सामुदायिक वन गोरुसिंगेमा पनि बढी आगलागी भएको वन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लामा वन सम्बर्धनमा आधारित वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । तर आगलागी रोक्न नसक्दा अभियान मै धक्का पुगेको छ । आगलागीले साना बोटविरुवा नष्ट भएका छन् भने संरक्षित वन क्षेत्र समेत सखाप भएको छ ।

आगलागी नियन्त्रणका लागि लाखौं रकम खर्च हुँदै आएको छ । तर यो बर्ष सबै प्रयास असफल भएको हो ।

बर्षेनी वन कार्यालय, सामुदायिक वन, साझेदारी वनले आगलागी नियन्त्रणका लागि लाखौं रकम खर्च गर्दै आएका छन् । आगलागी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गरेपनि डढेलो नियन्त्रणमा खासै उपलब्धि हुन सकेको छैन्।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ७ : ४० बजे