१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मैले घुस नखाँदा पापीहरू बौलाउन थालेः पर्यटनमन्त्री किराती



काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको बताएका छन् ।

पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन…’

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  ९ : १३ बजे