१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा



तौलिहवा ।
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जना गरि १० जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी दिए ।

कैदमुक्त भएका १० जनामध्ये ३ सवारी ज्यान, २ कर्तव्य ज्यान, २ डाका, ज्यान मार्ने उद्योग, बहुविवाह र हातहतियार एक९एक जना कैद जीवन बिताइरहेका थिए ।

मुद्दा नकारात्मक सुचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनिले बताए।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनिले बताए ।

कपिलवस्तु कारागारमा रहेका कुल चार सय ९९ कैदी बन्दीमध्ये आज दश जना कैद मुक्त भएपछि बाँकी चार सय ८९ जना कैदी बन्दी कारागारमा छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८० सोमबार ००:००  ८ : ३० बजे