२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

यौन दुर्व्यवहारको आरोप लागेका पौडेल र पाण्डे प्रहरी समक्ष पुगे



मायादेवी अनलाइन, चन्द्रौटा ।
महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएलगत्तै सम्पर्कविहीन भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथी प्रहरी समक्ष पुगेका छन् ।

साउन १२ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार रहँदै आएको प्रहरीले जनाएको थियो । प्रहरीले खोजी कार्यलाई तीव्र बनाएपछि पौडेल र उनका साथी भुवन पाण्डेय प्रहरीमा आफै उपस्थित भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए । साउन १२ गते २ महिला स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

साउन १० गते पौडेल र पाण्डेयले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । यौन दुर्व्यवहारको आरोप लागे पछि स्वास्थ्य केन्द्रका प्रमुख पौडेललाई नगरपालिकाले साउन १२ गते नै जिम्मेवारीबाट हटाएको थियो ।

साउन १० रात्रीकालाीन डियुटीका बेला मदिरा सेवन गरी महिला कर्मचारीहरू माथि ती दुई जनाले यौन दुर्व्यवहार गरेको महिला कर्मचारीले बताएका थिए । मदिरामा मातिएका पौडेल र पाण्डेयले महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै पीडितले बताएका छन् ।

गत साउन १ गते पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक मल्लले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ९ : २७ बजे