२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

गोरुसिंगे जंगलमा बसको ठक्करबाट १० गाईगोरु मरे, चालक प्रहरीको नियन्त्रणमा



मायादेवी अनलाइन, बाणगंगा ।
यात्रुबहाक बसको ठक्करबाट १० गाईगोरुको मृत्यु भएको छ । कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट धेरैको संख्यामा गाईगोरुको मृत्यु भएको हो ।

दाङ हुँदै काठमाडौँ जान थालेको बसले ठक्कर दिँदा यी पशुको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पानी परेको र गाडी तिव्र गतिमा रहेको कारण पशुलाई ठक्कर दिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बसको ठक्करबाट थप ४ पशु घाइते भएका छन् । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहको जनाइएको छ ।

यस क्षेत्रमा छाडा चौपाय बढी छन् । रातभर जंगल चरेर रातमा पूर्व पश्चिम राजमार्गको छेउछाउमा गाईँगोरु बास बस्ने गर्छन् । तिव्र गतिमा रहेका सवारीले दैनिक पशुको क्षति गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  १२ : २९ बजे