११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

तलाउमा डुबेर कृष्णनगरका एकै घरका दुई बालकको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा तलाउमा डुबेर दुई बालकको ज्यान भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका ५ बगही गाउँ नजिकै रहेको तलाउमा एकै परिवारका दुई दाजुभाइको डुबेर ज्यान गएको हो ।

मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र बर्ष ७ का साजन यादवको घर नजिकैको तलाउमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयकृष्णनगरले जनाएको छ ।

प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भएपनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै शवलाई बहादुरगंजस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको इप्रका कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८० बुधबार ००:००  १ : ५५ बजे