२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

प्रदीप ज्ञवालीले भनेः सरकार बनाउन एमालेको कुनै रुचि छैन



दाङ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई विकृत बनाएको आरोप लगाएका छन् ।

‘राजनीतिमा झुठ, फरेत, वेईमानी भन्या चाही स्वभाविक कुरा भन्ने कुरा हो भन्नेगरी प्रस्तुत गरेर राजनीतिलाई अत्यन्तै विकृत बनाईदिनुभयो’, उनले भने, ‘हामीले त उहाँलाई राम्रोसंग नेतृत्व गर्नुहोला भनेर प्रधानमन्त्रीमा समर्थन गरेका थियौं । तर, उहाँले बाटो बदल्नुभयो ।’

प्रेस चौतारीले बुधबार देउखुरीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ।

ज्ञवालीले तत्काल वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको र त्यसमा एमालेको कुनै रुची नरहेको बताएका छन् ।

उनले एमाले र कांग्रेसको सहकार्यमा सरकार गठनको सम्भावना नरहेको बताएका हुन ।‘वैकल्पिक सरकार गठनमा एमाले लाग्दैन । एमालेको अर्जुन दृष्टि आगामी २०८४ को निर्वाचनमा छ,अहिलेको निर्वाचनले जुन जनमत प्राप्त भएको छ । यसले अस्थिरता मात्रै दिएको छ । आगामी निर्वाचनबाट एमाले बलियो शक्ति बनेर उदाउने छ ।’

अहिले कांग्रेस रमाईरहेको टिप्पणी उनको छ । देशमा भइरहेको अराजकताले कांग्रेस पार्टीलाई कुनै महशुस नभएको उनले बताए ।

‘९०/८९ सिटको कांग्रेसलाई ३२ सीटको माओवादीले टुप्पीमा समातेर रिंगाईराखेको छ । त्यसको उहाँहरलाई कुनै फिल भएको जस्तो लाग्दैन । कतै बोल्नुहुन्न उहाँहरु’उनले भने,‘अहिले कांग्रेस एक किसिमले हराएको छ । काँ नेर छ कंग्रेस देखिदैन । कुनै वेला दुई तिहाई ल्याएको विपी कोइरालाको पार्टी, आज सत्ताको निम्ति ३२ सीट । जसरी एउटा सानो फुच्छे माउतेले सिंगो हात्तिलाई दाईरहको हुन्छ । हिडाई रहेको हुन्छ । माउतेले हात्तीलाई कनाइरहेको बेला आनन्द मानिरहेको देख्दा हामी राजनीतिमा रमिता देखिरहेका छौं ।’ सरकारको निम्ति सरकार एमालेको प्राथमिकताको बिषय नरहेको स्पष्ट पारे ।

‘देशमा आएका अस्थिरताका जोखिमहरु हट्नुपर्यो । अर्थतन्त्र लयमा फर्किनुपरयो । व्यवसायीहरुलाई भरोसा हुनुपर्यो’, उनले भने, ‘देशमै केही गरेर खाने अवस्था सृजना हुनुपर्छ भन्ने एमालेको मान्यता हो । यि कामहरु हुन्छन् भने एमाले सरकार भन्दा बाहिर बसेर सहयोग गर्न तयार छ ।’ यस्तै उपमहासचिव ज्ञवालीले प्रदेश केन्द्र सरकारको छाँया नभएको स्पष्ट पारेका छन् ।

‘माथि के हुन्छ छोडिदिनुस्, जे कुरा पनि माथीको फोटोकपी गर्नुपर्ने हो, माथिकै छायाँ जस्तै चल्नुपर्ने हो भने किन चाहियो प्रदेश’उनले भने,‘प्रदेशको वास्तविकतालाई ध्यानमा राखेर यहाँको शक्ति सन्तुलन अनुसार अगाडि बढ्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : २४ श्रावण २०८० बुधबार ००:००  ११ : २७ बजे