८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

अर्घाखाँचीको किमडाँडामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु



अर्घाखाँची । सन्धिखर्क नगरपालिका –८ किमडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –८ काउली चौपारी पकले निवासी ट्याक्टर चालक सुरज विश्वकर्माको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले लु ५ त ५५६ नम्बरको ट्याक्टर विहीवार बिहान करिब ५०० मिटर तल खसेको जानाकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३ बिहिबार ००:००  १ : १८ बजे