२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पाकिस्तानको संसद् भंग



काठमाडौं ।
प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानको संसद् भंग भएको छ । राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद् भंग गरेका बीबीसीले जनाएको छ ।

संसद्को कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद् भंग गरिएको हो । मन्त्रिपरिषद पनि भंग भएको छ । तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन गरिने समाचारमा उल्लेख छ ।

पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  ९ : ०० बजे