४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आफैँले बोकेको बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको ज्यान गयो



अर्घाखाँची ।
आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ मा एक जनाको ज्यान गएको छ ।

बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयो ।

आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०८० शुक्रबार ००:००  ५ : ५८ बजे