४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

पछि हटे ल्यारक्याल लामा, काठमाडौंमा सम्पर्क कार्यालय नराख्ने



बुटवल ।
काठमाडौंमा सम्पर्क कार्यालय राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको छ। चर्को विरोधपछि सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णयबाट कोष पछि हटेको हो।

कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले शनिबार बेलुका विज्ञप्ति जारी गर्दै कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णय कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाएका हुन्।

काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पुरानो भएको भन्दै उपाध्यक्ष लामाले यसअघि निर्णय गरिएको भए पनि अब त्यसलाई अगाडि नबढाइने प्रतिबद्धता जनाए।

सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्न प्रस्ताव गर्ने निर्णयबारे स्थानीयले आपत्ति जनाएपछि उपाध्यक्ष लामाले उक्त निर्णय कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाएका हुन्।

नवनियुक्त उपाध्यक्ष लामाको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकमा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्न आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरिएको थियो।

आफू बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्न आएको भन्दै उपाध्यक्ष लामाले लुम्बिनीका बासिन्दाको भावनामा ठेस पुग्ने गरी कुनै पनि निर्णय नगर्ने बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८० आइतबार ००:००  ८ : ०३ बजे