१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

मुगु जिप दुर्घटनामा मृत्तकको संख्या पाँच पुग्यो



सिमकोट ।
मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए। घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटना भएको थियो। जिपमा चालकसहित नौ जना सवार रहेका थिए।

मृत्यु हुने अन्य चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड(२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८० मंगलबार ००:००  ११ : ५४ बजे