११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

अक्षय कुमारले पाए भारतीय नागरिकता



काठमाडौँ ।
अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८० मंगलबार ००:००  १ : २१ बजे