१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण छः अध्यक्ष पाण्डे



बाँके ।
नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । जिम्मेवार पत्रकार समाजवादको आधार नारा मै भएको उनको भनाइ छ ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बुधबार बाँकेको कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा बोल्दै उनले नेपाली जनताको ठूलो बलिदानले २०७२ सालमा नेपालको संविधान प्राप्त गरेको बताउँदै अब संविधानको अक्षरस पालन गर्दै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको उनले बताए ।

‘मुलकले जुन परिवर्तन हासिल गर्नुपर्ने थियो त्यो अझै गर्ने सकेन, नेपाली जनताले नेपालको पवित्र संविधान हासिल गरे । त्यसलाई कार्यान्वयन गर्ने अबको बाटो हो ।’ उनले भने ‘अब देशमा कुनै क्रान्तिको आवश्यक छैन, अब देशमा मात्र आर्थिक क्रान्तिको धेरै आवश्यक छ ।’

यस्तै कार्यक्रम बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार पेशामा अब्बल, दक्ष र विचारमा प्रतिबद्ध हुनुपर्ने बताए । उनले समाजवादी प्रेस संगठन नेपाल विद्रोहबाट अघि बढेको संगठन भएको बताउँदै संगठनको उद्धेश्य भनेको बाम प्रगतिशील पत्रकारलाई एक्यवद्धता गराउने रहेको बताएका थिए ।

समाजवादी प्रेस संगठन नेपालले मानवीय सेवामा हातेमालो गरेको पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंले बताए । उनले रक्तदान मानवीय सेवा भएको बताउँदै पत्रकारले मानवीय सेवा गर्ने समेत जरुरी रहेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हृदय कुमार भुसालले समाजवादी प्रेस संगठन क्रियाशील पत्रकारहरुको संगठन भएको बताए । भुसालले पत्रकारिता अब सुशासनको लागि आवश्यक रहेको जिकिर गर्दै भ्रष्टाचारी विरोधि आन्दोलनमा समेत पत्रकारिता क्षेत्र लागि परेको बताए । यस्तै भुसालले रक्तदान जीवनदान भएको बताउँदै रक्तदान गर्दा दिने व्यक्तिलाई पनि फाइदा हुने र आफुले गरेको रक्तदानले कसैको जीवन बच्ने उनको भनाइ छ ।

कार्यक्रममा समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश इन्चार्ज अब्दुल हुसेन लगायतले पत्रकार आफैमा जिम्मेवार पेशा भएको बताएका थिए ।

कार्यक्रम समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता, बाँके जिल्ला कमिटी अध्यक्ष लोकनाथ शर्माको स्वागत मन्तव्य र बर्दिया जिल्ला अध्यक्ष प्रताप गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८० बुधबार ००:००  ५ : ५० बजे