६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

मुसिकोट-१ का वडाध्यक्ष घिमिरेले आत्महत्या गर्नुअघि फेसबुकमा यस्तो लेखेका थिए



गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन घिमिरेले झुण्डिएर आत्महत्या गरेका छन् । उनले शनिबार विहान आत्महत्या गरेका हुन् ।

काँग्रेशबाट वडा अध्यक्षमा निर्वाचित भएका घिमिरेले आत्महत्या गर्नुअघि फेसबुकमा एक सन्देश पनि लेखेका छन् ।

उनको फेसबुकमा लेखिएको थियो, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।’

प्रकाशित मिति : २ भदौ २०८० शनिबार ००:००  ११ : ०३ बजे