१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ बालमन्दिरको हाता भित्र नगर मै पहिलो चिल्ड्रेन पार्क निर्माण गरिएको छ । नेपाल बाल संगठनको अगुवाईमा रेडक्रस भवन र पाखेरीको बीचमा खाली जमिनमा पार्क निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको ४० लाख शशर्त अनुदानमा नेपाल बाल संगठनले आफनो जग्गामा पार्क निर्माण गरेको नगरपालिकाका इन्जिनियर राजेश कुमार सैनीले बताए । नगरपालिकाले स्टिमेट डिजानई गरेर संगठनलाई पार्क बापतको रकम निकासा गरेको हो ।

३० लाखले पार्कको संरचना निर्माण र १० लाखको खेलकुदको सामग्री खरिद गरिएको नेपाल बाल संगठनका ब्यवस्थापक राम प्रसाद अर्यालले बताए । पार्कमा चिप्लेटी पिङ लगायतका खेलकुद सामग्रीहरु राखिएका छन ।

पार्क निर्माणसँगै त्यहाँ बालबालिकाहरु आएर खल्ने समते सुरु गरी सकेका छन । मोबाइल टिभिमा मात्र सिमित भएका बालबालिकाहरुलाई मनोरञ्जन गर्न पार्क निर्माण गरिएको मेयर सुदीप पौडेलले बताए । उनले बालबालिकालाई लक्षित गरी नगर भित्र अन्य चिल्ड्रन पार्क समेत निर्माण गरिने बताए । आउने भदौ २९ गते बाल दिवसका अवसरमा पार्कको उदघाटन गरिने कार्यक्रम छ । चालु आर्थिक बर्ष भित्र पार्कमा ब्लक बिछाउने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८० मंगलबार ००:००  ४ : १६ बजे