१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उपाध्यक्ष लामाद्वारा तिलौराकोट क्षेत्रको निरीक्षण



लुम्बिनी ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्यार लामाले लुम्बिनी क्षेत्रको निरीक्षण गरेका छन् ।

उनले बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन ।तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै उनले सो क्षेत्रको विकासमा ध्यान दिने बताए ।

लामाले प्राचीन शाक्यहरुको राजधानी कपिलवस्तु निकै महत्त्वपूर्ण स्थल रहेकाले तीर्थालुहरुलाई मध्यनजर गर्दै ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक भएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ७ : १८ बजे